NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

प्रचण्डलाई भेट्न नायक राजेश हमाल बिहानै किन पुगे खुमलटार ?

काठमाडौं । नायक राजेश हमालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन् । प्रचण्डलाई भेट्न शुक्रबार बिहान ८ बजे हमाल खुमलटर पुगेका थिए ।

करिब आधा घण्टाको बसाईमा प्रचण्ड र हमालबीच सामान्य कुराकानी भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

‘अध्यक्ष र हमालबीच सामान्य कुराकानी भयो । कुनै राजनीतिक कुराकानी गर्न आउनु भएको पनि होइन । उहाँ माओवादी प्रवेश गर्न लाग्नुभएको पनि होइन’, मल्लले भने, ‘चलचित्र क्षेत्रभित्र देखिएका समस्या लगायत विषयमा सामान्य छलफल भयो ।’

प्रचण्ड र हमालको इच्छा अनुसार नै संगीतकार चेतन सापकोटाले भेटको चाँजोपाँजो मिलाएका थिए । पछिल्लो समय राजनीतिमा आउन इच्छा देखाएका हमाल र प्रचण्डबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।