NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

असार २४ मा हरिहर र नीताले लगनगाँठो कस्ने

काठमाडौं । चर्चित ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले विवहा गर्ने भएका छन् । विगत चार वर्षदेखि अंकुराएको प्रेम सम्बन्धलाई उनीहरूले यही असार २४ मा विवाहमा परिणत गर्न लागेका हुन् ।

सार्वजनिक भएको उनीहरूको विवाहको कार्ड अनुसार हरिहर र नीता द्वयले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा विवाह गर्दै छन् । नजिकका आफन्त र साथीभाइको उपस्थितीमा विवाह हुने भएको हो । विवाहको रिसेप्सन भने असार २६ मा हुने जनाइएको छ ।

उनीहरू दुबैले फिल्म ‘हस्र्व दीर्घ’ निर्माण गर्नेबारे यसअघि घोषणा गरिसकेका छन् । फिल्ममा बलिउड अभिनेता प्रदीप राम सिंह रावत पनि अनुबन्धित भएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष