NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

शनिबार जित निकालेको नेपाल आज ओन्टारियोसँग अर्को खेल खेल्दै

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज अर्को अभ्यास खेल खेल्दैछ ।

खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा किंग सिटीस्थित मेपल लिफ मैदानमा सुरु हुनेछ ।

शनिबार भएको पहिलो एकिदवसीय अभ्यास खेलमा नेपालले त्यहाँको ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितका लागि २२१ रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ ओभरमा १५१ रनमा अल आउट भएको थियो ।

त्यसअघि किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेरे ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २० रन बनायो ।

नेपालका विनोद भण्डारीले ५९ बलमा ८ चौकासहित सर्वाधिक ५७ रनको योगदान दिएका थिए ।