NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

नेपहपको श्रीपेचधारीलाई कति पुरस्कार ?

काठमाडौं । ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् । शनिबार काठमाडौंस्थित सोल्टी होटेलमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले नेपालकै पहिलो हिपहप संगीतको रियालिटी शो उपाधि जितेका हुन् ।

साइमनले काठमाडौंका बाबु बिलिभर, नवलपरासीका एमसी किङ्ग, पोखराका जेनिस क्षेत्री र झापाका विशेष भट्टराईलाई पछि पारेका हुन् ।

उपाधि विजेता साइमनले श्रीपेजसँगै १० लाख रुपैयाँ प्राप्त गरे । यस्तै, रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बीमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन तथा विश्व भ्रमण गर्ने मौका जितेका छन् ।

शोको निर्णायक काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, गिरिश खतिवडा र मानस घले थिए ।

ताजा अपडेट

नेपालवाच विशेष