NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

गगनकाे माग : अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, कि प्रधानमन्त्रीले हटाउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्री जनार्दन शर्माले कि राजीनामा दिनुपर्ने कि प्रधानमन्त्रीले हटाउनुपर्ने बताएका छन् ।

संसद् बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले अर्थमन्त्री शर्माले गल्ती गरेको बताउँदै नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने नत्र उनलाई हटाउनुपर्ने बताएका हुन् ।

‘अब अहिले अर्थ मन्त्रालयले सिसिटिभी फुटेज जम्मा १३ दिनको छ भनेपछि, मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानु पर्छ,’ उनले भने, ‘यत्रो संसद्मा उठ्यो, बाहिर उठ्यो, हो होइन म जान्दिन, यो विषय उठिसकेपछि मैले बुझेको कि अहिले अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, कि प्रधानमन्त्रीजीले उहाँलाई हटाउनुपर्छ र तत्काल छानबिन गर्नुपर्छ ।’

सभापति देउवाले कलम अड्काए : महामन्त्री थापा