NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नाकभित्र औंला लैजाने बानी छ ? यस्ता समस्या देखिन सक्छन्

काठमाडौं । प्रायः मानिसहरुको नाकभित्र औंला हाल्ने बानी हुन्छ । यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गर्छ । यस्तो बानीले गर्दा किटाणु नाकको सहायतामा मस्तिष्कसम्म पुग्न सक्ने सम्भावना पनि हुन्छ । नाकको बीचमा हड्डी र कार्टिलेजले बनेको एउटा प्रणाली हुन्छ । जसको सहयोगबाट हामी सास फेर्छौं ।

चिकित्सकका अनुसार बारबार नाकमा औंला हाल्दा उक्त प्रणाली खराब हुने गर्छ । जसका कारण नाकबाट रगट आउने तथा घाउ नै हुन्छ । नाक शरीरको संवेदनशिल अंग भएको कारण यसको उचित ख्याल गर्न जरुरी हुन्छ । धेरै मानिस नाकको रौं काट्ने तथा निकाल्ने गर्छन् ।

यो बाहिरी सुन्दरताका लागि प्रभावकारी भए पनि यस्तो गर्नाले फ्रिकेन्ट साइनसाइटिसको समस्या हुन्छ । यो समस्या चार साताभन्दा धेरै भएमा एक्यूट तथा तीन महिनाभन्दा धेरै भएमा क्रोनिक हुन्छ । यसले धेरै मानिसमा दाँतको समस्यासमेत निम्त्याउँछ । नाकको रौंले हावा फिल्टर गर्ने काम गर्छ । हावामा भएका प्रदुषणका कणलाई शरीरभित्र जान रोक्छ ।

चिकित्सकको सल्लाह बिना नाकमा कुनै औषधिसमेत प्रयोग गर्नु हुँदैन । यसले संक्रमण हुन सक्ने खतरा बढी मात्रामा हुन्छ । नाकको सफाई प्राकृतिक तरिकाले गर्नु पर्छ । मौसमी परीवर्तनले पनि नाकमा सुक्खापन हुने गर्छ ।

मौसमको परिवर्तनका कारण नाक चिलाउने, सुक्खापन हुने, नाकभित्र केही पसेको जस्तो हुने समस्या पनि देखिन्छन् । चिकित्सकका अनुसार यस्तो भएको समयमा नाकभित्र नरीवल तथा सरसौंको तेल केही थोपा हाल्न सकिन्छ ।

नाकलाई सफा गर्नका लागि नेति क्रिया गर्न सकिन्छ । नेति किक्रा एक किसिमको योग अभ्यास हो । यसको लागि शुद्ध पानी अतिआवश्यक हुन्छ । फोहोर पानीको प्रयोगले नेति कार्य गर्दा संक्रमण हुन्छ । जसले अझ बढि नाकमा समस्या ल्याउने गर्छ ।