NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्रधानमन्त्रीले सरकार चलाउन नसकेको भन्दै बेलायतका स्वास्थ्य र अर्थमन्त्रीले दिए राजीनामा

लन्डन । बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले राजीनामा दिएका छन् । बेलायती सरकार आफ्नो क्षमताअनुसार चल्न नसकेको भन्दै उनले राजीनामा दिएको बताएका छन् ।

राजीनामाको घोषणा गर्दै ऋषि सुनकले भनेका छन्, ‘सरकारले आफ्नो क्षमता र गम्भीरताका साथ राम्ररी चल्नुपर्छ भन्ने जनताको अपेक्षा एकदम सही छ । यी मापदण्डहरूको लागि लड्नुपर्छ भन्ने मलाई लाग्छ । त्यही भएर राजीनामा दिने निर्णय गरेको छु ।’

सुनकले भने, ‘हाम्रो देशले निकै ठूलो चुनौती सामना गरिरहेको छ ।’

सुनकबाहेक बोरिस जोनसन सरकारका स्वास्थ्यमन्त्री साजिद जावेदले पनि राजीनामा दिएका छन् । जावेदले भने, ‘बोरिस जोनसनले राष्ट्रिय हितमा सरकार चलाउने क्षमता गुमाए भन्ने उनलाई लाग्दैन । अब उनी यो सरकारमा काम गर्न सक्दैनन् ।’ उनले देशको हितमा सरकार चलाउने जोनसनको क्षमताबाट धेरै सांसद र जनताले विश्वास गुमाएको बताए ।