NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

बजेटमा प्रश्न उठेपछि अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौं । बजेटमा निर्माणमा प्रश्न उठेपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । संसदमा बोल्दै उनले आफूमाथि प्रश्न उठेको भन्दै छानबिनको सहजतको लागि राजीनामाको घोषणा गरेका हुन् ।

प्रश्न उठेपछि अरु मन्त्रीहरू पदमा नै बस्ने परम्परा भए पनि आफूले राजीनामा दिएर छानबिनलाई सहयोग गरेको दाबी उनले गरेका छन् ।

बजेटमा करको दायरामा मनोमानी गरेको आरोप लागेपछि बुधबारमात्रै छानबिन समिति घोषणा गरिएको थियो । यही समिति बनेपछि चलेको प्रतिनिधिसभाको बैठकमा शर्माले एउटा होइन हजारौं छानबिन समिति बने पनि आफूले स्वीकार्ने बताएका थिए ।

बजेटमा कुनै कमजोरी नगरेको दाबी गर्दै उनले अर्थमन्त्रलाई चलायमान हुने बजेट ल्याएको जिकिरसमेत गरे ।