NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कभर पेजमा विनोद चौधरीको तस्बिर राख्दै फोब्स म्यागजिनले लेख्यो, ‘परोपकारका नायक’

काठमाडौं। विनोद चौधरी नेपालीका लागि कुनै नौलो नाम होइन । उनी आफ्नो व्यवसायिक सफलता र परोपकारी कर्मका कारण विश्वभर ख्याति कमाएका छन् ।

 

विश्व प्रतिष्ठित फोब्स म्यागेजिनले उनलाई भारत बाहेक एक्ला दक्षिण एसियाली डलर अर्वपतिको सुचीमात्र समावेश गरेको छ । त्यतिमात्र होइन, फोब्स म्यागेजिनले आफ्नो एक विशेष अंकमार्फत चौधरीलाई ‘परोपकारका नायक’को उपाधी पनि दिएको छ ।

ग्रुपका अध्यक्ष विनोद चौधरीले २०७२ सालको भूकम्प प्रभावितहरुका लागि चौधरी फाउण्डेसनमार्फत गरेका कामको सम्मानमा फोब्स म्यागेजिनले आफ्नो कभर स्टोरी बनाएको थियो । कभरपेजमा चौधरीलाई समाज सेवाका नायक भनी वर्णन गरिएको हो । फाउण्डेसनले भूकम्प प्रभावित २५ सय परिवारका लागि ट्रान्जिसनल सेल्टर निर्माण गरि भूकम्प पिडितहरुलाई हस्तान्तरण गरेको थियो ।

साथै, भूकम्पले अति प्रभावित भएको सिन्धुपाल्चोको गिरानचौरमा मोडल भिलेज निर्माण गरि हस्तान्तरण गरेको छ । भूकम्पमा परि घर भत्किएका सिन्धुपाल्चोकका ६२ परिवार अहिले सुन्दर घरमा बस्न पाएका छन् । भुकम्प पिडितलाई मात्र होइन, कोरोनाका कहर र अरु वेला पनि देशको स्वास्थ्य सेवामा चौधरी ग्रुपको सामाजिक सेवा गर्ने इकाइ चौधरी फाउण्डेसनले ठूलो सहयोग गर्ने गरेको छ ।

विर अस्पतालमा आइसियु वार्ड, कान्ति अस्पतालमा आकस्मिक कक्षलगायत देशका विभिन्न अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नुका साथै भेन्टिलेटर लगायतका महत्वपूर्ण स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्दै आईरहेको छ ।

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले आफुहरु व्यवसाय र समाजी सहयोगलाई संगसंगै लैजानुपर्छ भन्ने मान्यतामा विश्वास राख्ने बताउछन् । साथै व्यवसाय र उद्यमका क्रममा पनि आफ्नो ग्रुपले उच्च शुसासनमा विश्वास राख्ने र सोही कारण अन्तर्राष्ट्रियस्तरमा ख्यातीप्राप्त भएको उनले बताए ।

‘हामी फोहोरी राजनीति होइन, पारदर्शी व्यवसायमा विश्वास गछौं’ प्रवन्ध निर्देशक चौधरीले, ‘नेपाल लगायत अन्तराष्ट्रिय जगतमा हामीले कमाएको प्रतिष्ठा यसकै कारण सम्भव भएको हो ।’ चौधरी ग्रुपले प्राप्त गरेको यस्तो प्रतिष्ठा र सम्मान पैसा र फोहोरी खुराफतबाट प्राप्त गर्न सम्भव नहुने पनि उनले बताए । पारदर्शीता र समाजप्रतिको उत्तरदायी व्यवहारनै आफूहरूको सफलताको मुख्य मन्त्र भएको चौधरीले बताए ।

चौधरी ग्रुप नेपालको एक मात्र बहुराष्ट्रिय कम्पनी हो । यो आफ्नो सामाजिक उत्तरदायित्वका कामका कारण विश्वमा चर्चित रहेको छ ।

यसकारण आउनुपर्छ ‘विनोद चौधरीहरू’ राजनीतिमा