NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बाजुराको बूढीगंगामा मतदान सुरु

काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको मतदान विवादित भएपछि त्यहाँ बिहीबार पुनः मतदान भएको हो ।

अहिले बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

यसअघि भएको निर्वाचन विवादित भएपछि १० वटै मतदान केन्द्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बूढीगंगाको मेयरमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ प्रतिस्पर्धामा छन् ।

देशका अन्य स्थानीय तहमा जस्तै बूढीगंगामा पनि गत वैशाख ३० गते मतदान भएको थियो । तर केही मतदान केन्द्रमा बुथ कब्जा गरिएको आरोप कांग्रेस र नेकपा एमालेले लगाएपछि स्थगित भएको थियो । यसबारे निर्वाचन आयोगले छानबिन गरेकोमा धाँधली भएको निष्कर्षका साथ पुनः मतदान गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।