NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बूढीगंगाको मतगणना सुरु हुँदै

काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकाको मतगणना थाल्ने तयारी गरिएको छ । स्थानीय तहको निर्वाचनका लागि बूढीगंगामा शनिबार मतदान भएको थियो ।

जिल्ल निर्वाचन कार्यालयले सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्न लागिएको जनाएको छ ।

बूढीगंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंगबहादुर खाती र नेकपा एमालेका रामबहादुर बानियाँबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ ।

गत वैशाख ३० गते भएको मतदानमा धाँधली भएको पाइएपछि त्यहाँ बिहीबार मतदान भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष