NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

यीनै हुन् जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली प्रहार गर्ने व्यक्ति

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पहिला प्रहार गरेकाे गाेली चुकेपछि उनले आबेलाई दोस्रो गोली प्रहार गरेका थिए ।

गोली लागेपछि उनी तुरुन्तै रगत बगेर भुइँमा लडे । त्यसपछि सुरक्षाकर्मीले भाग्ने प्रयास गरेका आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले आक्रमणकारीको बन्दुक पनि नियन्त्रणमा लिएको र पहिचान गरेको पनि जापानी प्रसारकले जनाएका छन् ।

गाेली प्रहार गर्ने संदिग्धकाे पहिचान प्रहरीले सार्वजनिक गरेकाे छैन ।

नारा सहरमा आयोजित एउटा कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको जापानका सञ्चारमाध्यमले जनाएका छन् ।

भाषण गरिरहेका आबेमाथि पछाडिबाट गोली हानिएको थियो । उनको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।

को हुन् आबे ?

 

 

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार, अवस्था गम्भीर