NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

राष्ट्रपतिद्वारा आबेको हत्याप्रति खेद प्रकट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका पूर्वप्रधानमन्त्रीको हत्या भएकामा खेद प्रकट गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज ट्वीट गरी आबेप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गरेकी हुन् ।

यस दुःखद् घडीमा उनले मैत्रीपूर्ण जापानी जनता र आबेको परिवारजनमा समवेदनसमेत प्रकट गरेकी छिन् ।

आबेको शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला गोली हानी हत्या भएको थियो । यस दुःखद् घडीमा आज नेपाल सरकारले पनि देशभर शोक मनाउने निर्णय गरेको थियो ।