NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कांग्रेसको केन्द्रीय समिति बैठक सकियो, मंगलबार फेरि बस्ने

काठमाडौं । स्थानीय निर्वाचनपछि पहिलोपटक बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजका लागि सकिएको छ । बैठक मंगलबार फेरि बस्नेगरी सकिएको हो ।

उपसभापति पूर्णबहादुर खड्काले स्थानीय निर्वाचन परिचालन समिति र प्रवक्ता डा. प्रकाशशरण महतले प्रचारप्रसार समितिको प्रतिवेदन बैठकमा पेस गरेका थिए ।

बैठकमा प्रदेशका सभापतिहरूले धारणा राख्नुका साथै केन्द्रीय सदस्यहरूलाई बोल्न एक जना बराबर ७ मिनेटको समय छुट्याइएको थियो ।

बैठक केही दिनसम्म चल्ने र सोबीचमा भ्रातृ संगठनलाई पूर्णता दिने र गतिशील बनाउने तयारी रहेको प्रवक्ता महतले बताए ।

बैठकमा जाँदैगर्दा डा. शेखर कोइराला पक्षका कार्यकताहरूले सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका थिए । सभापति देउवाले नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दललगायत भ्रातृ संस्थालाई पूर्णता दिन नसकेको शेखर पक्षको भनाइ छ ।

गत फागुनमा सम्पन्न कांग्रेसको केन्द्रीय समिति बैठकले अवधि पुगेका भातृ संस्थाको केन्द्रीय कार्यसमिति भंग गरेको थियो । पछि देउवाले यसमध्ये चारवटाको मूल नेतृत्व चयन गरे पनि तिनले अहिलेसम्म पूर्णता पाउन सकेका छैनन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक हेरौं ५ तस्बिरमा