NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कोभिड महामारीले घटायो मान्छेको आयु

काठमाडौं । विश्वव्यापी बनेको कोभिड–१९ महामारीले मानिसको आयु घटाएको अध्ययनले देखाएको छ ।

संयुक्त राष्ट्रले आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै कोभिडले मानिसको औसत आयु कम भएको निष्कर्ष निकालेको छ ।

राष्ट्र संघका अनुसार सन् २०१९ सम्ममा मानिसको औसत आयु ७२.८ वर्ष थियो । कोभिड–१९ महामारीपछि घटेर यो ७१ वर्षमा झरेको छ ।

सन् २०१९ को अन्त्यमा चीन उद्गम भएर कोभिड–१९ संक्रमण विश्वव्यापी बनेको थियो । यसका विभिन्न लहर आइसके पनि संक्रमण यथावत् छ ।