NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

देशको बेरुजु ४ खर्ब ८३ अर्ब

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले ५९ औं वार्षिक प्रतिवेदनमार्फत देशको बेरुजु चार खर्ब ८३ अर्ब पुगेको जनाएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष एक खर्ब १५ अर्बले बेरुजु बढेको हो ।

महालेखाले आर्थिक वर्ष २०७७-७८ को सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, स्थानीय तहको लेखापरीक्षण सम्पन गरी प्रतिवेशन पेश गरेको हो ।

प्रतिवेदनअनुसार गत वर्षसम्मको बाँकी बेरुजु रु ४ खर्ब १८ अर्ब ८५ करोड फस्र्यौंट तथा समायोजन गरिएको रु ५० अर्ब २९ करोड घटाइ यो वर्ष थप भएको रु एक खर्ब १५ अर्ब ५ करोडसमेत गरेर चार खर्ब ८३ अर्ब ५९ करोड भएको हो ।

यो वर्ष ७५ खर्ब ३३ अर्ब ९ करोडको लेखापरीक्षण सम्पन्न गरिएको छ ।

एक खर्ब १५ अर्बले बढ्यो बेरूजु