NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कांग्रेसकाे बैठकमा केन्द्रीय सदस्यले भने, ‘दुई महामन्त्री केटाकेटीजस्ता भए’

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केटाकेटी व्यवहार देखाएको आरोप लगाएका छन् ।

स्थानीय निर्वाचनको समीक्षा गर्न बसेको बैठकमा उनीहरूले पार्टीमा छलफल नगरी दुई महामन्त्रीद्वयले अनेकथरी काम र अभिव्यक्ति दिएर केटाकेटीपन देखाएको आरोप लगाए ।

सभापति शेरबहादुर देउवा पक्षधर केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले महामन्त्री भएर शेखर कोइराला गुटको बैठकमा सहभागी भएको भन्दै चर्को आलोचना गरे । उनले महामन्त्री थापा फेरि गुटको भेलामा गए बहिस्कार गर्ने चेतावनीसमेत दिए ।

साथै, बुढाथोकीले लोकप्रिय हुन थापाले सभापति देउवाको आलोचना गर्दैै हिँडेको आरोप पनि लगाए ।

केन्द्रीय सदस्य रामजनम चौधरीले महामन्त्रीहरूले विभिन्न सञ्चामाध्यममा अन्तर्वार्ता दिँदै पार्टीको आलोचना गरेको भन्दै असन्तुष्टि जनाए ।

केन्द्रीय सदस्य राजीव ढुंगानाले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था गर्न माग गर्दै महामन्त्री थापा र शर्मा निर्वाचन आयोगमा पुगेको विषयप्रति आपत्ति जनाए । पार्टीको सल्लाहविना यस्ता कार्य गर्न नहुने उनको भनाइ थियो ।

प्रधानमन्त्री र चिनियाँ नेताबीचको भेटवार्तामा के–के विषय समेटिए ? गगनले सार्वजनिक गरे ७ बुँदा