NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

पर्यटन मन्त्रालयले बुझाएन ६ हजार मिटरसम्मका हिमालको पर्वतारोहण रोयल्टी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका ६ हजार मिटरसम्का हिमचुलीको रोयल्टी सरकारलाई उपलब्ध नगराएको प्रति महालेखापरीक्षकले प्रश्न गरेको छ । नेपालमा ६ हजार मिटरसम्मका २ वटा हिमाल आराहणको अनुमति नेपाल पर्वतारोहण संघले जारी गर्दै आएको छ ।

त्यसभन्दा माथिका हिमाल आरोहणको अनुमति दिने जिम्मा पर्यटन विभागको हो । सरकारले आर्र्थिक वर्ष २०७७-७८ मा विभागबाट ५५ करोड ९८ लाख ६३ हजार रोयल्टी प्राप्त गरेको छ भने संघबाट प्राप्त भएको रोयल्टीको विवरण मन्त्रालयले उपलब्ध गराएको छैन ।

महालेखाले गत वर्ष पनि संघबाट संकलन हुँदै आएको रोयल्टीमध्ये २०७६-७७ मा ५५ प्रतिशत संघीय सञ्चित कोषमा र ४५ प्रतिशत पर्वतारोहण संघमा दाखिला गर्न सुझाएको थियो । गत वर्षकै प्रतिवेदनमा सुझावसहित औलाउँदा पनि कार्यान्वयन नभएको महालेखाले जनाएको छ ।

संघबाट उठेको रोयल्टी कानुनअनुसार संघीय विभाज्य कोषमा दाखिला गर्न महालेखाले सुझाएको छ ।