NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

रविको घोषणा : अबदेखि नेपालमा बनेका लुगामात्रै लगाउँछु

काठमाडौं । सञ्चारकर्म छोडेर राजनीतिमा लागेका रवि लामिछानेले अबदेखि नेपालमा बनेका पोशाकमात्रै लगाउने घोषणा गरेका छन् । झापामा बिहीबार आयोजित पार्टीको जिल्ला भेलामा उनले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न आफूले यस्तो घोषणा गरेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न आफूबाटै सुरु गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

‘परिवर्तन आफैंबाट गर्नुपर्ने रहेछ भन्ने महशुस भयो । हालै मैले चितवनको कार्यक्रममा आफ्नो राजनीतिक जीवनमा नेपालमा बनेका नेपाली फेब्रिक्समात्रै लगाउँछु भनेको थिएँ । मैले अहिले लगाएको पहिरन नेपालमा बनेको हो । म नेपालमा बनेका सामानमात्र प्रयोग गर्नेछु,’ उनले भने ।

आफूले लगाएको लुगाप्रति हेर्दै लामिछानेले यी सबै नेपालमै उत्पादन भएको दाबी गरे । उनले कमिज सुरुवाल र इस्टकोट लगाएका थिए ।

साथै, लामिछानेले आफू पार्टीको कुनै पनि कार्यक्रममा स्टेजमा नबस्ने भन्दै तल प्लास्टिकको कुर्सीमा बसेका थिए ।