NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जसपाले गर्‍यो संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जनालाई कारबाही

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जनालाई पदमुक्त गरेको छ ।

जसपाको वीरगञ्जमा बसेको बैठकले भट्टराईलाई हटाएर संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ ।

कारबाहीमा परेकामा भट्टराई, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव र दुर्गा सोब रहेका छन् ।

मंगलबार र बुधबार काठमाडौंमा बसेको भट्टराई पक्षको विस्तारित बैठकले जसपाबाट अलग भएर नयाँ पार्टी गठन गर्ने निर्णय गरेको थियो ।