NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

प्रधानमन्त्रीपत्नी र मेरो भ्रमणको उद्देश्य फरक हो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीनदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन् । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उनी त्यसतर्फ गएका हुन् ।

भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले आफू चीन र भारतलगायत सबै देशसँग राम्रो सम्बन्धको पक्षमा रहेको बताए ।

यतिबेला प्रधानमन्त्रीपत्नी आरजु राणाको समेत भारत भ्रमण चलिरहेको छ । यस्तो बेला गठबन्धनकै अर्का नेता प्रचण्डको भ्रमण आकस्मिक रुपमा हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रचण्डले भने यसलाई संयोगमात्र भएको बताए । आफ्नो भ्रमण सद्भाव र राजनीतिक उद्देश्यले भएको तर प्रधानमन्त्री पत्नी आरजुको भ्रमण अर्कै कारण भएको प्रचण्डले स्पष्ट पारे ।

‘उहाँ (आरजु)को र मेरो भ्रमणको उद्देश्य फरक छ । सायद उहाँ स्वास्थ्य उपचारलाई जानुभएको होला । दिल्लीमा उहाँसँग भेट हुनसक्छ,’ उनले भने ।

भाजपाको निम्तोमा आज भारत भ्रमणमा निस्किँदै प्रचण्ड