NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाल विजयी

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा सत्तागठबन्धनबाट कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल विजयी भएकी छिन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा भएकाे निर्वाचनबाट निर्वाचित भएकी भुसालले १४८ मत ल्याइन् ।

उपस्थित सांसद २४२ रहेकाेमा भुसाल १४८ मत ल्याएर विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी विद्या भट्टराईले ९३ मत पाइन् । तटस्थमा १ मत परेको छ । साढे दुई वर्षपछि प्रतिनिधिसभाले नयाँ उपसभामुख पाएको हो ।

नवनिर्वाचित उपसभामुख भुसालले यसअघि एमालेकी उम्मेदवार डा. शिवमाया तुम्बाहाङफेसँग पराजित भएकी थिइन् । तुम्बाहाङफे २०१ र भुसालकाे ५८ मत आएको थियाे ।