NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

लेवान्डोस्की र बार्सिलोनाबीच सम्झौता कहिले ?

काठमाडौं । पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्की स्पेनिस फुटबल क्लब बार्सिलोनामा अनुबन्धित भएका हुन् ।

शनिबार राति उनलाई अनुबन्ध गरिएको भए पनि औपचारिक सम्झौता भने बाँकी रहेको बार्सिलोनाले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार लेवान्डोस्कीको स्वास्थ्य जाँच गर्न बाँकी छ । यसर्थ, त्यसपछिमात्र औपचारिक सम्झौता हुनेछ । यही एक–दुई दिनभित्रै सम्झौता हुने बताइएको छ ।

यद्यपि, बार्सिलोनासँगको सम्झौताका लागि उनी स्पेन पुगिसकेका छन् । बार्सिलोनासँग उनले तीन वर्षको सम्झौता गर्न लागेको बताइएको छ ।

३३ वर्षीय लेवान्डोस्की विश्वकै उत्कृष्ट स्ट्राइकर मानिन्छन् । उनीसँगको सम्झौता एक वर्ष बाकी छँदै उनले जर्मन क्लब बायर्न म्युनिख छोडेका हु्न् ।

उनी २०१४ मा अर्को जर्मन क्लब बोरुसिया डर्टमण्डबाट बायर्न गएका थिए ।

लेवान्डोस्कीले बायर्नबाट च्याम्यिन्स लिगसँगै प्रायः सबै उपाधि जितिसकेका छन् ।

बायर्नका लागि उनले ३७४ खेलमा ३४४ गोल गरेका छन् । यो निकै राम्रो तथ्यांक हो ।