NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अख्तियारले मुद्दा दायर गर्नेमा ‘राष्ट्रसेवक’ कर्मचारी बढी

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यो वर्ष सबैभन्दा ठूलो संख्यामा राष्ट्रसेवक कर्मचारीविरूद्ध मुद्दा दायर गरेको छ । आयोगले यो वर्ष ३०८ राष्ट्रसेवक कर्मचारीविरूद्ध मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७८-७९ मा आयोगले दायर गरेको १३१ मुद्दामा प्रतिवादीको संख्या ६३९ रहेको छ । जसमध्ये सबैभन्दा धेरै संख्यामा राष्ट्रसेवक कर्मचारी परेका हुन् ।

भ्रष्टाचार मुद्दा खेप्ने ६ सय ३९ प्रतिवादीमध्ये विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी तीनजना र अन्य राष्ट्रसेवक कर्मचारी ३०८ छन् । त्यस्तै बिचौलिया÷मतियार लगायत अन्य १७२ जना छन् भने भूतपूर्व मन्त्र एकजना र निर्वाचित पदाधिकारीहरू जम्मा १ सय ५५ छन् ।

उनीहरूलाई आयोगले दुई अर्ब ७८ करोड ४३ लाख ३२ हजार सात सय दश रूपैयाँ बिगो माग दाबी गरेको छ ।

त्यस्तै, यो वर्ष आयोगले गरेको रंगेहात कारबाहीमा २५ जना परेका छन् । जसमा ३८ व्यक्तिमध्ये सबैभन्दा धेरै २६ जना राष्ट्रसेवक कर्मचारी छन् भने ६ जना विचौलिया र ६ जना निर्वाचित पदाधिकारी छन् ।

बढ्दो ग्राफ

यो आवमा भ्रष्टाचारविरूद्धको उजुरीको ग्राफ गत आर्थिक वर्षको तुलनामा बढेको छ । आयोगले जारी गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७७-८७ को तुलनामा आव ०७८-७९ मा दुई हजारभन्दा बढीले उजुरीको संख्या बढेको पाइएको छ ।

आव ०७७-७८ मा उजुरी संख्या २२ हजार ६ सय २५ थियो भने आ.व ०७८-०७८ मा यो संख्या बढेर २४ हजार दुई सय ४१ पुगेको छ । यो वर्ष १६ हजार एक सय ४८ वटा

उजुरी परेकामा अघिल्लो आव ०७७-७८ बाट जिम्मेवारी सरेर ८ हजार ९३ उजुरी आएका थिए । त्यसमध्ये १७ हजार ९८ उजुरी फट्यौंट भएका छन् ।

गत आवमा अदालतले ११३ वटा मुद्दाको फैसला गरेको थियो । जसमा ८१ वटा मुद्दामा भ्रष्टाचार भएको अदालतले प्रमाणित गरेको छ ।

आयोगका अनुसार यो वर्ष कुल उजुरीको करिब ७०.५३ प्रतिशत उजुरी फछ्र्यौंट गरिएका छन् ।

अघिल्लो आवमा कुल उजुरीको जम्मा १४ हजार ५ सय ३२ उजुरी फट्र्यौंट भएका थिए । त्यसमध्ये पाँच सय १० उजुरी विस्तृत अनुसन्धानका लागि पठाइएको थियो ।
यो वर्ष आठ सय २० उजुरी विस्तृत अनुसन्धानका लागि पठाइएको छ ।

आयोगमा यसवर्ष सबैभन्दा धेरै उजुरी लिखित निवेदनमार्फत आएका छन् । लिखित निवेदनमार्फत चार हजार चार सय ९५ उजुरी परेका छन् ।

यो वर्ष आयोगले विशेष अदालतमा १ सय ३१ वटा मुद्दा दायर गरेको छ । त्यस्तै, यो आवमा अदालतबाट प्राप्त भएका १४८ फैसलामध्ये ५८ वटा मुद्दामा भ्रष्टाचारजन्य कसुर भएको पाइएको छ ।

गत आवमा अदालतले ११३ वटा मुद्दाको फैसला गरेको थियो । जसमा ८१ वटा मुद्दामा भ्रष्टाचार भएको अदालतले प्रमाणित गरेको छ ।

यो आवमा आयोगले सबैभन्दा बढी मुद्दा दायर गरेकोमा सार्वजनिक सम्पत्तिको हानी नोक्सानीसँग सम्बन्धित छ । कुल १३१ मुद्दा मध्ये आयोगले घुससँग सम्बन्धित ३२, नक्कली शैक्षिक प्रमाणपत्रमा ६, गैरकानुनी लाभहानी गर्ने ३४, राजस्व हिनामिना गर्ने पाँच, गैरकानूनी सम्पत्ति आर्जन गर्ने ७ र विविध विषयमा १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।