NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

महिला युरोकपको क्वार्टरफाइनल समीकरण पूरा, सेमिफाइनलमा पुग्न को–को भिड्दैछन् ?

काठमाडौं । इंल्याण्डमा जारी महिला युरोपियन च्याम्पियनसिप (युरोकप)को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । गएराति समूह चरणका अन्तिम खेल भएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।

आयोजक इंग्ल्याण्डसँगै स्पेन, स्विडेन, बेल्जियम, जर्मनी, अष्ट्रिया, फ्रान्स र नेदरल्याण्ड्स अन्तिम ८ मा पुगेका छन् ।

सेमिफाइनल प्रवेशका लागि आयोजक इंग्ल्याण्डविरुद्ध स्पेनले भिड्ने भएको छ । यस्तै, स्विडेन र बेल्जियम पनि क्वार्टरफाइनलमा आमने–सामने हुनेछन् ।

यसैगरी, जर्मनी र अष्ट्रिया तथा फ्रान्स र नेदरल्याड्स बीच सेमिफाइनलमा स्थान बनाउन प्रतिस्पर्धा हुनेछ ।

क्वार्टरफाइनलका खेलहरू जुलाई २० देखि २३ सम्म हुनेछन् ।