NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

अफगानी राहदानी विश्वकै सबैभन्दा कमजोर, कहाँ छ नेपालको स्थान ?

काठमाडौं । अफगानी राहदानी (पासपोर्ट) विश्वकै सबैभन्दा कमजोरको सूचीमा परेको छ ।

हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा अफगानिस्तानसँगै इराक र सिरियाको राहदानी पनि कमजोरको सूचीमा छन् ।

यस्तै, नेपाल पनि कमजोर नेपाली राहदानीको सूचीमा परेको छ । यद्यपि, नेपाल विश्वका ७ देशभन्दा भने अगाडि रहेको छ । नेपालभन्दा मुनि प्यालेस्टाइन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छन् ।

रिपोर्टमा नेपालको राहदानी १०६ औं स्थानमा सूचीकृत रहेको छ । पहुँचका आधारमा ११२ सूचीमा विभाजन गरिएको रिपोर्टमा नेपालको राहदानी १०६ औं स्थानमा रहेको हो ।

यसअनुसार नेपाल छैठौं कमजोर राहदानी भएको मुलुक हो । नेपाल रहेको १०६ औं स्थानमा प्यालेस्टाइन पनि छ ।

सबैभन्दा शक्तिशाली राहदानीको सूचीमा जापान रहेको छ ।