NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

प्रेस युनियनले घटायो मनोनयन शुल्क

हेटौंडा । नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनमा उम्मेद्वारहरूका लागि तोकेको मनोनयन शुल्क विरोध पछि घटाइएको छ ।

उम्मेदवारी दर्ता शुल्क बढी भएको भन्दै प्रतिनिधि र उम्मेदवारहरूले विरोध गरेपछि निर्वाचन समितिले दस्तुर घटाएको हो ।

नयाँ दस्तुर अनुसार अध्यक्षको उम्मेदवारी दर्ता गर्दा २० हजार, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सचिव तथा केन्द्रीय लेखा समिति संयोजकले जनही १० हजार रूपैँया उम्मेद्वार शुल्क बुझाउनुपर्नेछ ।

यसअघि अध्यक्षकाे लागि ३० हजार, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवका लागि २५ हजार र कोषाध्यक्ष, सचिव तथा केन्द्रीय लेखा समिति संयोजककाे २० हजार शुल्क ताेकिएकाे थियाे ।

 

पार्टीभन्दा महंगो प्रेस युनियन