NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

फ्रान्स पहिलो पटक महिला युरोकपको फाइनलमा

काठमाडौं । फ्रान्स नेदरल्याण्ड्सलाई हराउँदै महिला युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न खेलमा नेदरल्यान्ड्समाथि १–० को जित निकालेर फ्रान्स महिला युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।

फ्रान्सका लागि इभ पेरिसेटले निर्णायक गोल गरिन् । निर्धारित ९० मिनेटमा गोलरहित बराबरीपछि थपिएको अतिरिक्त समयमा फ्रान्सले पेरिसेटले पेनाल्टीमार्फत गोल गरेकी हुन् ।

योसँगै फ्रान्स पहिलोपटक महिला युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । उसले अब जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ ।