बुटवलको एक कल सेन्टरबाट डेढ सय युवायुवती पक्राउ
काठमाडौं । ठगी गरेको आरोपमा बुटवलको एक कल सेन्टरबाट प्रहरीले डेढ सयभन्दा बढी युवायुवती प्रक्राउ गरेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारेर प्रहरीले ७ जना सञ्चालकसहित डेढ सय युवायुवतीलाई पक्राउ गरेको हो ।
उनीहरूले सर्वसाधारणलाई म्यासेज पठाएर ट्रयापमा पारेको अनुसन्धानबाट भेटिएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार उनीहरूले जानकीनगरमा ३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर ठगी धन्दा चलाएका थिए । सो कार्यालयमा विदेशी नागरिकको लगानी रहेको बताइएको छ ।
सर्वसाधारणको मोबाइलमा ह्वाट्सप, फेसबुकलगायत सामाजिक सञ्जालमा चिट्ठा प¥यो भन्दै म्यासेज पठाउने, अश्लील सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट पाइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया