पाल्पा बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु, १६ घाइते
काठमाडौं । पाल्पामा आइतबार साँझ बस दुर्घटनामा भएको छ ।
गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा दुर्घटनामा परेको हो ।
बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा १६ जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।
बसमा २२ जना यात्रु सवार रहेको बुझिएको छ । बस सडकदेखि करिब ६० मिटर तल खसेको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
कबोलअनुसार काम नगर्ने २७ निर्माण तथा आपूर्ति कम्पनीलाई स्पष्टीकरण
-
एउटा सरकार हुँदाहुँदै कोशीमा अर्को सरकार गठनको आह्वान, अदालत जाने तयारीमा मुख्यमन्त्री
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आज वर्षाको सम्भावना
-
रवि लामिछानेलाई महान्यायाधिवक्ताले दिएको ‘क्लिनचिट’ले तरंग
-
अकुत सम्पत्ति मुद्दामा कर्मचारीलाई सफाइ
प्रतिक्रिया