NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

प्रहरीले छापा मार्दा अवरोध गर्ने ७ महिला पक्राउ

काठमाडौं । काठमाडौंको तीनकुने–गैह्रीगाउँस्थित एक कल सेन्टरमा नेपाल प्रहरीले सोमबार छापा मारेको छ ।

गैह्रीगाउँमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरी परिसर, काठमाडौंको एक टोलीले सोमबार छापा मार्नेक्रममा केही महिलाले अवरोध गरेका थिए ।

अवरोध गर्ने सातजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

एउटा घर भाडामा लिएर कल सेन्टर चलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।

आइतबार पनि प्रहरीले बुटवलबाट कल सेन्टर चलाइरहेका सात सञ्चालकसहित १५० भन्दा बढी मानिस पक्राउ परेका थिए ।

ती कल सेन्टर पनि विदेशीले नै सञ्चालन गरको प्रहरीको दाबी छ ।

बुटवलपछि काठमाडौंको कल सेन्टरमा पनि प्रहरीको छापा