NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

चलचित्र विकास बोर्डको अध्यक्षमा केसी नियुक्त

काठमाडौं । अन्ततः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डमा रिक्त रहेको अध्यक्ष पदका लागि अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निर्माता तथा निर्देशकसमेत रहेका केसीलाई नियुक्त गरेको हो ।

अभिनेता केसीलाई आउँदो दुई वर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त गरिएको बोर्डनिकट स्रोतले जनाएको छ ।

दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदलाई पूर्णता दिएको हो । यसको घोषणा भने मंगलबार गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

केसी बोर्डको अध्यक्ष बन्नकै लागि केही महिनाअघि कांग्रेसमा प्रवेश गरेका थिए ।