NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

आफैं मास्क नलगाएका सभामुखले गरे मास्क लगाउन आग्रह

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले मास्क लगाउन सांसदहरुलाई आग्रह गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले नेपालमा पनि कोरोना संक्रमणको क्रम बढ्दै गएको भन्दै मास्क लगाउन सांसदहरुलाई आग्रह गरेका हुन् । तर उनले आग्रह गरिरहँदा उनी आफैंले भने मास्क लगाएका थिएनन् ।

‘कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छँदैछ सभामुखले भने, तसर्थ संसदका बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्दछु।’

नेपालमा पछिल्लो समय कोरोना संक्रमण दिनदिनै बढ्दै गएको छ ।

केही दिन अघि स्वास्थ्य मन्त्रालयले पनि कोरोनाको संक्रमण बढ्दै गएको भन्दै मास्क लगाउन नागरिकहरुलाई आग्रह गरेको थियो ।