NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

यामाहाले ल्यायो बहु-सुविधासहितको नयाँ ईएमआई अफर

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता यामाहा नेपालले बहु-सुविधासहितको नयाँ ईएमआई बजारमा ल्याएको छ । देशमा व्याप्त आर्थिक मन्दिको असरलाई ध्यानमा राखी सेवाग्राहीहरूलाई सहुलीयतपूर्ण ईएमआईमा यामाहाको कुनै पनि बाइकरस्कुटर उपलब्ध गराउने उद्देश्यका साथ गत शुक्रबारदेखि यस फाइनानसिङ योजना सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त योजनाअन्तर्गत यामाहाको कुनै पनि बाइकरस्कुटर लिन चाहने सेवाग्राहीहरूले अब मात्र ४० प्रतिशत अग्रीम भुक्तानी गरी १८ महिने, २४ महिने र ३० महिनेसम्मको अधिक फाइनानसिङ सुविधाहरूको लाभ लिन सक्नेछन् ।

यामाहाको बाइकरस्कुटर खरिद गर्दा ग्राहकहरूले विभिन्न ‘प्राइस रेञ्ज’ अन्तर्गत निम्न ईएमआई अफरहरू प्राप्त गर्न सक्नेछन्ः

यस योजनाअन्तर्गत ३ लाख २३ हजार९०० रूपैयाँ पर्ने एफजेड १६ एफआईको खरिदमा ४० प्रतिशत अग्रीम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजनागरी प्रतिमहिना क्रमशः ११ हजार ३१६, ८ हजार ७८९ र ७ हजार ३४७ रुपैयाँको ईएमआई भुक्तान गर्नु पर्नेछ ।

३ लाख ४७ हजार ९०० रुपैयाँ पर्ने एफजेड एक्स एफ्आई डब्ल डिस्कको खरिदमा ४० प्रतिशत अग्रीम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः १२ हजार १५४, ९ हजार ४४० र ७ हजार ८९२ रुपैयाँको ईएमआई भुक्तान गर्नु पर्नेछ ।

यसैगरी ३ लाख ९४ हजार ९०० रुपैयाँ पर्ने एफ्‌जेडएक्स भी०३ एक्स( कनेक्टको खरिदमा ४० प्रतिशत अग्रीम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः र १३ हजार ७९१, १० हजार ७१५ र ८ हजार ९५८ रुपैयाँको ईएमआई भुक्तान गर्नु पर्नेछ । र, ४ लाख ३५ हजार ९०० रुपैयाँ पर्ने एफजेड एक्सको खरिदमा ४० प्रतिशत अग्रीम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः १५ हजार २२९, ११ हजार ८२८ र ९ हजार ८८८ रुपैयाँको ईएमआई भुक्तान गर्नु पर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार, एम्टी १५ बी एण्ड बी, आर १५ भी ३, र आर १५ एम मोडलको बाइक खरिद गर्ने चाहनेहरूले भने ५० प्रतिशत अग्रीम भुक्तानी गर्नु पर्नेछ । एम्टी १५ बी एण्ड बी मोडलको खरिदमा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः १४ हजार ८८, १० हजार ९४२ र ९ हजार १४७ रुपैयाँको ईएमआई भुक्तान गर्नु पर्नेछ । आर १५ भी ३ मोडलको खरिदमा १५ हजार २८२, ११ हजार ८६९ र ९ हजार ९२२ रुपैयाँको ईएमआई भुक्तान गर्नु पर्नेछ । र, आर १५ एमको खरिदमा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः १७ हजार ११६, १३ हजार २९३ र ११ हजार ११३ रुपैयाँको ईएमआई भुक्तान गर्नु पर्नेछ ।

यसैगरी, रेजेड्आर ड्रम १२५, रेजेड् ११३ र रेजेड्आर स्ट्रीट र्याली १२५ एक्स कनेक्ट मोडलका स्कुटरहरू खरिद गर्न चाहनेहरूले ४०५ अग्रीम भुक्तानी मै लिन सक्ने कम्पनीले जनाएको छ । रेजेड्आर ड्रम १२५ मोडलको खरिदमा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः  ९,१५० रूपैयाँ, ७,१०६ रूपैयाँ ५,९४१ रूपैयाँको ईएमआई भर्नु पर्नेछ । रेजेड् ११३ मोडलको स्कुटरको खरिदमा क्रमशः ७,६८२ रूपैयाँ ५,९६७ रूपैयाँ ४,९८८ रूपैयाँको ईएमआई भर्नु पर्नेछ । त्यसैगरी, रेजेड्आर स्ट्रीट र्याली १२५ एक्स कनेक्ट मोडलको स्कुटर खरिद गर्न चाहनेहरूले १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः १०,१२८रूपैयाा ७,८६६, र रु ६,५७६ रूपैयाँको ईएमआई भर्नु पर्ने कम्पनीले जानकारी दिएको छ ।