NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

झण्डै दोब्बर नगर प्रहरी बनाउँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले झण्डै दोब्बर संख्यामा नगर प्रहरी थप्ने भएको छ ।

महानगरमा हाल १७० जना नगर प्रहरी रहेकोमा १६४ जना थपेर झण्डै दोब्बर बनाउन लागिएको हो । अब ३३४ जना नगर प्रहरी हुनेछन् ।

यद्यपि, यी सबै नगर प्रहरी करारमा भर्ती गर्ने निर्णय गरिएको काठमाडौं महानगरका सहायक प्रवक्ता महेश काफ्लेले जानकारी दिए ।

काठमाडौंमा फुटपाथ अतिक्रमण बढेकाले त्यसको नियन्त्रणका लागि प्रहरी संख्या दोब्बर बनाउन लागिएको उनले बताए ।