NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

यम बुद्धको नाममा कामनपाले पार्क बनाउने, छुट्याइयो डेढ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले दिवंगत एम बुद्धको नाममा पार्क बनाउने भएको छ । त्यसका लागि महानगरले चालु आर्थिक वर्ष ०७९÷८० का लागि एक करोड ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाले यसअघि र्यापर यम बुद्धको सालिक बनाउन चालु आर्थिक वर्षको बजेटमा १५ लाख बजेट विनियोजन गरेको थियो । तर सालिक बनाउने निर्णयको विरोध भएपछि काठमाडौं–१६, खुसिबुस्थित नयाँबजारमा रहेको सार्वजनिक जग्गामा यम बुद्धको नाममा पार्क बनाउने गरी बजेट छुट्याइएको हो ।

महानगरका प्रवक्तासमेत रहेका वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरले विष्णुमतीको किनाामा खाली रहेको जग्गामा यम बुद्धको नाममा पार्क बन्ने बताए । तर पार्कमा यम बुद्धको सालिक भने नरहने भएको छ । नयाँ पत्रिकामा खबर छ ।