NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

मिश्रले भने–पूर्वप्रधानमन्त्रीहरू मात्र समस्या होइनन्

काठमाडौं । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले भूतपूर्व प्रधानमन्त्रीमात्र समस्या नभएको बताएका छन् ।

पछिल्लो समय पूर्व प्रधानमन्त्री र शीर्ष नेताहरूविरुद्ध उम्मेदवारी दिने र चुनावमा हराउने चेतावनी दिने लहर बढेपछि मिश्रले सामाजिक संजालमा लेख्दै पूर्वप्रधानमन्त्रीहरू सहित अरु पनि समस्या भएको बताएका हुन् ।

उनले सरकारी वेतनधारी र पेशाकर्मीहरूको ‘दलीय’ भातृ संगठन, सर्वोच्च र अख्तियार जस्ता निकायको राजनीतिकरण, नागरिकतामा ७ वर्षे सीमा तथा महिला र पुरुषबीचको विभेद, शिक्षा र स्वास्थ्यको छाडा व्यापारीकरण समस्याको रुपमा रहेको बताएका हुन् ।

राष्ट्रिय स्वाभिमानमाथिको निरन्तर प्रहार जस्ता गम्भिर विषयविरूद्ध नबोल्ने सबैलाई बहिष्कार गरौँभन्दै उनले भनेका छन्, ‘ती सबै राष्ट्रघाती नै हुन्। देशको राजनीतिक विकृति पुरानो पुस्तासँग मात्र जोडिएको छैन। प्रवृत्तिसँग जोडिएको छ।’