NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

लगातार दोस्रो जितसँगै नेपाल फाइनलनजिक, दबाबमा भारत

काठमाडौं । भारतमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

भुवनेश्वरस्थित कालिंगा रंगशालामा बुधबार साँझ श्रीलंकालाई ३–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० ले हराएको थियो ।

साफ यु–२० मा नेपालको सानदार सुरुवात, माल्दिभ्सलाई ४–० ले हरायो

नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिसरत्न छुन्जु र मनग्य नकर्मीले एक–एक गोल गरे ।

जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दुई खेलबाट ६ अंक जोडेको नेपाल फाइनलनजिक पुगेको छ ।

श्रीलंकाको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १–० गोल अन्तरले हराएको थियो ।

प्रतियोगितामा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशका छन् ।

शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्नेछन् । यस्तोमा नेपाल पहिलो र बंगलादेश दोस्रो स्थानमा छन् ।

नेपालले अब तेस्रो खेलमा भारतसँग आइतबार खेल्नेछ । बंगलादेशसँग हारेको आयोजक भारत जित्नैपर्ने दबाबमा छ ।

यस्तै अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । यो खेल आगामी मंगलबार हुनेछ ।

पहिलो खेलमा सानदार जित निकालेको नेपाल आज दोस्रो खेल खेल्दै