NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पाकिस्तानले किन गर्यो चेस ओलम्पियाडमा सहभागी हुन इन्कार ?

काठमाडौं । चेन्नईमा आयोजना भइरहेको ४४ औं चेस ओलम्पियाडमा भाग लिन पाकिस्तानले अस्वीकार गरेको छ । यसप्रति भारतले आश्चर्य व्यक्त गरेको छ ।

पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठित अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भारतले राजनीतिकरण गरेको आरोप लगाएको छ ।

उसले यो विषयलाई अन्तर्राष्ट्रिय चेस महासंघमा उठाउने पनि बताएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने पाकिस्तानले अचानक चेस ओलम्पियाडमा सहभागी नहुने निर्णय गर्नु अचम्मको कुरा भएको टिप्पणी गरे ।

उनले जम्मू कश्मीर र लद्दाख भारतको अभिन्न अंग भएकाले पाकिस्तानले राजनीति गर्नु दुर्भाग्यपूर्ण भएको बताए ।

भारतले पहिलो पटक चेस ओलम्पियाड आयोजना गर्दैछ। चेस ओलम्पियाड तमिलनाडुको ममल्लापुरममा २८ जुलाईबाट सुरु भएको थियो।

यसको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदी र तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले गरेका थिए । उक्त उद्घाटन समारोहमा पनि पाकिस्तानी टोली सहभागी थिएन ।