NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कमनवेल्थ गेम्स र क्रिकेटका कुरा

काठमाडौं । बर्मिंघमको एजब्यास्टन मैदानमा भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रित कौर र टिम अष्ट्रेलियाकी कप्तान मेग ल्यानिङले टस गर्दा पहिलाे खेल मात्र सुरू हुनेछैन, २४ वर्षपछि क्रिकेटको पुनरागमनसमेत हुनेछ ।

कमनवेल्थ गेम्समा पुरुष क्रिकेट दाेस्राेपटक समावेश भए पनि महिला क्रिकेट पहिलाे हाे । जुलाई २९ देखि अगस्ट ७ सम्म चल्ने याे प्रतिष्पर्धामा विश्वका आठ टोलीले स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि, सन् १९९८ मा क्वालालम्पुरमा सम्पन्न कमनवेल्थ खेलकुदमा क्रिकेट समावेश थियो, जसमा १६ टोलीले ५० ओभरको खेलमा भाग लिएका थिए। यो प्रतिस्पर्धामा दक्षिण अफ्रिकाले स्वर्ण, अस्ट्रेलियाले रजत र न्युजिल्यान्डले कास्य जितेका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र इङ्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले यसपटकको कमनवेल्थ खेलकुदमा महिला क्रिकेट समावेश गरेका छन् याे २०–२० ओभरको हुनेछ ।

आयोजक भएकाले इंग्ल्याण्ड यसमा स्वतः छनोट भएको छ । इङ्ल्यान्डबाहेक अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र पाकिस्तान आईसीसीको महिला टी–२० वरीयताका आधारमा परेका छन् ।

श्रीलंकाको टोली छनोट प्रतियोगिता जितेर अाएकाे हाे भने वेस्ट इन्डिजचाहिँ २०१९ टी–२० ब्लेज प्रतियोगिता जितेर प्रवेश गरेको हाे ।

जसमा समूह ‘बी’ मा श्रीलंका, इंग्ल्यान्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिका छन् भने समूह ‘ए’मा भारत, अष्ट्रेलिया, बार्बाडोस र पाकिस्तान छन् ।

बर्मिङ्घम कमनवेल्थ गेम्समा क्रिकेट समावेश गर्नुलाई  क्रिकेटमार्फत दर्शक जोड्ने प्रयास ठानिएकाे छ ।  यो घटनापछि सन् २०२८ मा लस एन्जलस अायाेजना हुने ओलम्पिकमा क्रिकेट समावेश हुने अाधार बलियाे बनेकाे विश्लेषण पनि भइरहेका छन् ।

क्रिकेटको लोकप्रियता यति छ कि महिला क्रिकेटपछि पनि भारत र पाकिस्तानबीच ३१ जुलाईमा हुने खेलका सबै टिकट बिक्री भइसकेका छन् । बर्मिङ्घममा पनि भारतीय र पाकिस्तानी मूलका मानिसको बाहुल्यता रहेकोले यसको प्रभाव यो खेलमा पनि देखिनेछ ।

अब शुक्रबार हुने पहिलो खेलको कुरा गरौं, जसमा भारतले अस्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलियाको टोली हालको टी–२० विश्वकप च्याम्पियन हो।

सन् २०२२ को एकदिवसीय विश्वकप जित्ने करिश्मा देखाएको कमनवेल्थ खेलकुदमा पनि सोही टोली छनोट भएको हो । विश्वकप जित्ने टोलीको मुख्य प्रशिक्षक म्याथ्यु मोट नभए पनि टोलीमा बेजोड खेलाडीको उपस्थिति देखिनेछ ।

टी–२० महिला क्रिकेटमा अष्ट्रेलियाको राजको अनुमान अहिलेसम्म सातवटा टी–२० विश्वकप खेलिसकेको र पाँचपटक अष्ट्रेलियाको महिला टोलीले उपाधि जित्न सफल भएको तथ्यबाट पनि अनुमान लगाउन सकिन्छ ।

यही कारणले गर्दा बर्मिङ्घम कमनवेल्थ गेम्समा अस्ट्रेलियाको टिमलाई पनि ‘फेभरेट’ मानिएको छ । टोलीका कप्तान मेग ल्यानिङ हालै टी–२० वरीयतामा शीर्ष खेलाडी बनेकी छिन् ।

कमनवेल्थ गेम्सको तयारीमा अष्ट्रेलियाको महिला टोलीले पाकिस्तानसँगको अभ्यास खेल खराब मौसमका कारण हुन नसके पनि दुवैले आयरल्यान्डलाई पराजित गरेका थिए ।

अर्कोतर्फ सन् २०२० को टी–२० विश्वकपको उपविजेता भारतीय टोलीले प्रतियोगिता सुरु हुनुअघि नै कोभिड संक्रमणको झट्का सहनु परेको छ ।

दुई खेलाडीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि १३ खेलाडीको टोली मात्र बर्मिङ्घम पुगेको छ, रिपाेर्ट नेगेटिभ आएपछि मेघना सिंह टोलीमा सामेल भए पनि अलराउन्डर पूजा वस्त्रकार अझै बेंगलुरुमा आइसोलेसनमा छिन् ।

ओपनिङ ब्याट्सम्यान स्मृति मन्धाना र शेफाली वर्मासँगै मेघना सिंहलाई ब्याकअपमा राखिएको छ भने पूजा वस्त्राकरको अनुपस्थिति टोलीको रणनीतिलाई धक्का लागेको छ।

तल्लो अर्डरमा बलियो शट खेलेर ब्याटिङलाई बलियो बनाउने र छिट्टै विकेट लिनसक्ने क्षमता भएका यी अलराउन्डरलाई टिमकाे मेरूदण्ड मानिन्छ ।

तर, भर्खरै सम्पन्न तीन खेलको टी–२० सिरिजमा श्रीलंकालाई २–१ ले हराएपछि भारतीय टोलीको मनोबल निकै उच्च छ । यदि भारतले यहाँ पदक जित्छ भने त्यो धेरै हदसम्म स्मृति मन्धाना, शेफाली वर्मा, जेमिमा रोड्रिगेज, दीप्ती शर्मा र कप्तान हरमनप्रीत कौरको खेलमा निर्भर हुनेछ।

योसँगै श्रीलंकाविरुद्धको शृंखलामा अनुपस्थित रहेका विकेटकिपर यास्तिका भाटिया र स्नेह रानाजस्ता युवा खेलाडी पनि आफ्नो स्ट्यामिन देखाउन तयार छन् । टोलीमा अनुभवी खेलाडी र युवा भावनाको राम्रो मिश्रण छ।

२०१८ को टी–२० विश्वकपमा भारतले अष्ट्रेलियालाई लिग खेलमा ४८ रनले हराएको थियो, त्यसपछि २०२० को टी–२० विश्वकपमा भारतीय महिला टोलीले अष्ट्रेलियालाई १७ रनले हराएको थियो । यस पराजयका कारण अष्ट्रेलियाको टोली प्रतियोगितामा पराजित भएको थियो ।

तर, त्यहाँबाट फर्किएर मेलबर्न क्रिकेट मैदानमा भएको फाइनल खेलमा ८६ हजार १७४ दर्शकको अगाडि भारतलाई पराजित गर्दै टोलीले उपाधि पाेल्टामा पार्न सफल भएकाे थियाे ।

तर टी–२० क्रिकेट धेरैजसो अस्ट्रेलियाको पक्षमा हुने गरेको छ । यी दुई टोलीबीच अहिलेसम्म २३ खेल भएका छन् र यी १६ खेलमा भारतीय टोलीले हार र ६ मात्र जित निकाल्न सकेकाे छ ।

यति हुँदाहुँदै पनि दुई टोलीबीचको टक्करलाई लिएर क्रिकेटप्रेमीमा उत्साह छ । अष्ट्रेलियाबाहेक भारतीय टोली समूहका अन्य दुई टोली पाकिस्तान र बार्बाडोस पनि बलियो देखिन्छन् ।

भारतीय महिला टोलीले वेस्ट इन्डिजसँग खेलेका १८ खेलमा १० खेल जितेको छ भने पाकिस्तानसँगको ११ टी–२० खेलमा ९ पटक जितेको छ । त्यसैले भारतीय टोली सेमिफाइनलमा सजिलै पुग्ने अपेक्षा गरिएको छ ।

२०२२ काे  कमनवेल्थ गेमसँगै भारतीय महिला क्रिकेट टिम एक नयाँ युगमा प्रवेश गर्नेछ। विगत दुई दशकदेखि भारतीय महिला टोलीमा रहेका मिताली राज र झुलन गोस्वामी दुवैले सन्यास लिइसकेका छन् ।

यद्यपि, झूलन गोस्वामीले २०१८ मा नै टी–२० क्रिकेटलाई अलविदा गरिसकेकी थिइन् र मिताली राजले पनि २०१९ बाट टी–२० खेल्न बन्द गरेकी थिइन् ।  एकदिवसीय टोलीमा दुवै खेलाडीको उपस्थितिको प्रभाव बाँकी ढाँचामा पनि देखिएको थियो ।

अब यी दुईको विरासत धानेर टिमलाई अगाडि बढाउने जिम्मेवारी आक्रामक ब्याट्सम्यान हरमनप्रित कौरको काँधमा छ । हरमनप्रित कौर पनि यो अवसरलाई आफ्नो हातबाट जान दिन चाहन्न् हँदैनन्।