NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

 बलिउड : सलमानले बढाए सुरक्षा, रसिक अस्ताए

काठमाडौं । बलिउडमा हरेक दिन कुनै न कुनै नयाँ हलचल देख्न पाइन्छ ।  आज पनि बलिउडमा हलचल देखियो । अभिनेता रसिक दवेको निधनले उद्योग जगतमा शोकको लहर छ भने अभिनेता सलमान खानले आफ्नो सुरक्षामा थप सावधानी अपनाइरहेका छन् ।

हिन्दी र गुजराती सिरियलका अभिनेता रसिक दवेको शुक्रबार राति ८ बजे निधन भएको हो । मिडिया रिपोर्टका अनुसार मृगौला फेल भएर उपचाररत उनको मुम्बईमा निधन भएको हो ।

रसिक दवे ‘महाभारत’को ‘नन्द’ पात्रका लागि परिचित थिए ।  यसबाहेक ‘संस्कार धरोहर अपना की’, ‘सीआईडी’, ‘कृष्णा’जस्ता धेरै लोकप्रिय टिभी शोमा उनी रुचाइएका थिए ।  धेरै गुजराती नाटक, फिल्म र सिरियलहरूमा पनि उनले काम गरेका थिए ।

बलिउड अभिनेत्री कंगना रनौत आफ्नो अभिव्यक्तिले चर्चामा रहने गर्छिन् । फेरि पनि उनी उसैगरी चर्चामा आएकी छन् । तर यसपटक आफ्नो अभिव्यक्तिका कारण नभई अदालतमा दिएको निवेदनले उनी चर्चामा छिन् ।  गीतकार जावेद अख्तरले दायर गरेको मानहानि मुद्दाको सन्दर्भमा उनले अदालतमा निवेदन दिएकी हुन् ।

ज्यान मार्ने धम्की आएपछि अभिनेता सलमान खानले आफ्नो सुरक्षामा थप सावधानी अपनाइरहेका छन् । उनी आफ्नो सुरक्षामा कुनै कमी नहोस् भन्ने चाहन्छन् । रिपोर्टका अनुसार खानले आफ्नो सुरक्षा सतर्कता बढाउँदै चढ्ने कार अपग्रेड गरेका छन् । अब उनले बुलेटप्रुफ ल्यान्ड क्रुजर चढ्ने छन् । जसमा आर्मरसँगै बुलेट प्रुफ सिसा लगाइएको छ । तर, यो ल्यान्ड क्रुजरको नयाँ संस्करण भने होइन ।

चर्चित अभिनेता मुकेश खन्ना मनोरञ्जन जगतमा चर्चित नाम हुन् । उनको चिनारीचाहिा ‘भीष्म पितामह’ र ‘शक्तिमान’ का रुपमा बढी छ । उनी लामो समयदेखि फिल्मबाट टाढा छन् तर अभिव्यक्तिका कारण प्रायः हेडलाइन बन्ने गर्छन् ।  हालै उनले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा पुनः एकपटक भाइरल बनिरहेको छ ।  भारतलाई हिन्दू राष्ट्र घोषणा गर्न ट्विटरमार्फत सरकारसँग गरेको माग गरेपछि उनी चर्चामा तानिएका हुन् ।