NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

दूध पिउनाका यस्ता छन् फाइदा

काठमाडौं । सामान्य रुपमा दूध पिउदा फाइदा हुन्छ भन्ने सबैलाई थाहा हुन्छ तर यसको फाइदा के भन्ने बिषयमा भने मानिस अन्यौलमै हुन्छन् । दूध स्वास्थ्यका लागि फाइदाजनक भए पनि सहि तरिकाले दूध पिउनुलाई अझ बढि प्रभावकारी मानिन्छ ।

समयाअनुकुल दूध पिउदा त्यसले बढि फाइदा दिन्छ । आयुर्वेदमा दूधको गुणस्तरलाई धेरै महत्वपूर्ण मानिन्छ । त्यसैले दूध पिउदा समयअनुकुल हुनुपर्छ । बिहान र बेलुकी पिउने दूधमा फरक फरक फाइदा हुन्छ । अनुसन्धानमा गाईको दूध पिउनु राम्रो र स्वस्थ मानिन्छ । झाडा पखालाको समस्या भएका मानिसका लागि बाख्राको दूध फाइदाजकम मानिछ । त्यसको साथै निन्द्रा कम लाग्ने तथा कब्जियत भएका मानिसलाई भैसीको दूध पिउदा फाइदा हुन्छ ।

कुन समयमा दूध पिउदा हुन्छ फाइदा ?

चिकित्सका अनुसार बिहान १० बजेभित्र दूध पिउदा यसले एक कामोत्तेजक एजेन्टको रुपमा काम गर्छ । त्यस्तै दिनमा दूध पिउदा यसले पित्त र कफलाई कम गर्छ । जसलाई कफ तथा पित्तको समस्या छ । उनीहरुले दिउँसोको समयममा दू्ध पिउनु लाभदायिक मानिन्छ । रातको समयमा दूध पिउनु पूर्ण मानिन्छ । जसलाई निन्द्रको समस्या छ उनीहरुले रातिको समयमा दूध पिउदा यसको निदान हुन्छ । दूधले राम्रो निन्द्रा दिन मद्त गर्छ ।

दूध पिउनुका फाइदा

दूध क्याल्सियमले भरिपूर्ण हुन्छ । जसले हड्डीलाई बलियो बनाउन सहयोग गर्छ । यसमा हुने भिटामिन ए, के र बी थाइमिन, निकोटिनिक एसिड, फास्फेरस, सोडियम र पोटासियम जस्ता भिटामिन तथा मिनरल्स हुन्छ । जसले मांसपेशी तथा हड्डीलाई बलियो बनाउँनका साथै दातँको दुखाई कम गर्न मद्त गर्छ । यसल शरीरमा शक्ति बढाउने गर्छ । यसले शरीरका अंगलाई बलियो तथा स्वस्थ राख्छ ।