NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पाँचथरमा १६ जना कोरोना संक्रमित भेटिए

शंकर चापागाईँ, फिदिम । पाँचथरमा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्ला पाँच दिनको अवधिमा जिल्ला अस्पताल पाँचथरमा २३ जनामा गरिएको परीक्षणमा १६ जनालाई संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

पछिल्ला दिनमा रुघाखोकी र ज्वरोसहित अस्पताल आएकामध्ये चिकित्सकलाई शंका लागेका बिरामीमा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये ३ जनालाई अस्पतालमा भर्ना गरिएको छ ।