NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

जर्मन सुपर कप : बायर्नले १० औँ पटक जित्दा कसले कतिपटक जितेका छन् ?

काठमाडौं । बायर्न म्युनिखले जर्मन सुपर कप फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको खेलमा आरबी लाइपजिगलाई ५–३ गोल अन्तरले हराउँदै बायर्नले उपाधि जितेको हो ।

रेड बुल एरिनामा बायर्नको जितका लागि जमल मुसियाला, साडियो माने, बेन्जामिन पाभार्ड, सेर्जी जिनाब्री र लोरोए सानेले एक–एक गोल गरे ।

लाइपजिगका मार्सल हाल्स्टेनबर्ग, क्रिस्टोफर एनकुकू र डानी ओल्मोले एक–एक गोल फर्काए ।

बुन्डेस लिगा विजेता र जर्मन कप विजेताले प्रि–सिजनमै जर्मन सुपर कपको उपाधिका लागि भिडन्त गर्ने गरेका छन् । यसको उपाधि लगातार तेस्रोपटक बायर्नले जितेको हो ।

यसअघि सन् २०२० र २१ को उपाधि पनि बायर्नले नै हात पारेको थियो । यो वर्ष उपाधि जितेसँगै बायर्नले १० पटक जर्मन सुपर कपको उपाधि आफ्नो पोल्टामा पारेको छ । बायर्न सर्वाधिक विजेता टोली हो ।

यस्तै, बायर्नको प्रमुख प्रतिद्धन्द्धी बोरुसिया डर्टमुण्डले ६ तथा वेर्डर बर्मनले ३ पटक जर्मन सुपर कपको उपाधि जितेका छन् ।

यसैगरी, वान एफसी केइसरस्लाउटर्न, साल्के ०४, भिएफबी स्टुगार्ड र भिएफएल उल्फवर्गले १–१ पटक उपाधि हात पारेका छन् ।

हेरौं सूची :

कसले कतिपटक जितेको छ कम्युनिटी शिल्डको उपाधि ? (सूचीसहित)