NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सिके राउतपछि कुलमान पनि लागे सन्यासी हुने बाटोमा (५ तस्बिरसहित)

काठमाडौं । डा. सिके राउतपछि नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ पनि ओशो तपोवनमा ध्यानका लागि पुगेका छन् ।

ध्यानका लागि उनी शनिबार काठमाडौंको रानीवन गएका हुन् । यसको जानकारी उनीसँगै रहेकी अभिनेत्री सोभिता सिंखडाले दिएकी हुन् ।

‘उहाँले पूर्ण रुपमा यहाँका नियमहरू पालना गर्दै तन, मन लगाएर ध्यान गरिरहनु भएको देख्दा यस कार्यक्रमको एक शिक्षक र संयोजक भएको नाताले एकदमै खुसी महसुस गरेकी छु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

यसअघि कुनैबेला तराईलाई अलग्गै देशको माग गर्दै हिंसामा लागेका डा. राउत पनि ओशो तपोवन पुगेका थिए ।

नौ दिन तपस्या गरेपछि उनले सन्यासी रुप धारण गर्दै आनन्द मैत्रय नाम पाएका थिए ।

सिके राउतको ‘आनन्द मैत्रय’ रुप हेरौं विभिन्न तस्बिरमा

सिके राउत अब ‘आनन्द मैत्रय’ !

 

पहिले देश टुक्र्याउने चेतावनी, अहिले शान्ति खोज्दै तपोवन !