NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

मन्त्रालयमा शर्माको स्वागतको तयारी, अर्थ सचिव पोखरामा !

जनार्दनको ‘कमब्याक’, के गर्लान् मरासिनी ?

काठमाडौं । करको दर हेरफेरमा संसदीय समितिको छनबिनले सफाइ दिएपछि अर्थमन्त्रीमा जनार्दन शर्मा पुनः नियुक्त भएका छन् । बजेट भाषणको अघिल्लो दिन मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश दिएर करको दर हेरफेर गराएकोबारे लागेको आरोप पुष्टि हुन नसकेपछि माओवादी केन्द्रले उनलाई फेरि मन्त्री बनाउने भएको हो ।

आज ५:३० बजे हुने शपथ ग्रहणपछि उनी सिधै मन्त्रालय जाने कार्यक्रम तय भएको छ । मन्त्रालयका कर्मचारीहरू उनको स्वागतमा रहिरहँदा अर्थ सचिव मधुकुमार मरासिनी भने यतिबेला पोखरा पुगेका छन् ।

मन्त्रालय स्रोतका अनुसार उनी शुक्रबार नै काम विशेषले पोखरा पुगेका हुन् । तर, कहिले फर्किने भन्नेबारे टुंगो छैन ।

‘मन्त्रालयको कामले उहाँ शुक्रबार नै पोखरा जानुभएको हो,’ उनले भने, ‘अब उहाँ मन्त्रालय फर्किने-नफर्किनेबारे भने टुंगो छैन ।’

शर्मालाई उक्त आरोप लागेसँगै सचिव मरासिनी आफू जनार्दन मन्त्री पदमा रहुञ्जेल मन्त्रालय नफर्किने भन्दै अनिश्चितकालीन विदामा गएका थिए । मन्त्रीले राजीनामा दिएसँगै काममा फर्किएका मरासिनीले अब के निर्णय गर्छन् ? भन्ने चासोको विषय बनेको छ ।

अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा नियुक्त, सपथ पनि आजै

छानबिन समितिले दियो अर्थमन्त्री शर्मालाई ‘क्लिन चिट’, चार सांसदको फरक मत (प्रतिवेदनसहित)