NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयँले घटेर ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका आइतबार सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन तोलामा ९४ हजार ९०० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदी तोलामा १२ सय ३० रुपैयाा निर्धारण भएको थियो भने सोमबार १० रुपैयाँ घटेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।