NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

फिफा विश्वकप २०२६ छनोटको ढाँचा परिवर्तन

काठमाडौं । फिफा विश्वकप २०२६ छनोटको ढाँचा परिवर्तन भएको छ । विश्वकप र एएफसी एसियन कप २०२७ को एसिया छनोटको ढाँचा परिवर्तनसहित सोमबार सार्वजनिक भएको हो ।

२०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा विश्वकप आयोजना गर्दैछन् । जसमा ३२ बाट बढाएर ४८ टोलीले खेल्न पाउनेछन् ।

यसर्थ, एसियाली फुटबल महासंघ (एएफसी) सार्वजनिक गरेको नयाँ ढाँचाअनुसार एसियाबाट ८ टोली सिधै विश्वकपमा छनोट हुनेछन् । यसअघि ४ वा ५ वटामात्र छनोट हुने गर्थे ।

यद्यपि, यो पटकको विश्वकपमा आयोजक कतारसहित ६ टोलीले सहभागिता जनाउनेछन् ।

२०२६ को विश्वकपमा एसियाको एक टोलीले अन्तरमहादेशीय प्ले अफ पनि खेल्नेछ । सो जितेमा विश्वकपमा छनोट हुने एसियाली देशको संख्या ९ पुग्नेछ ।

नयाँ ढाँचाअनुसार विश्वकप पुग्नका लागि चार चरणको छनोट खेल्नु पर्नेछ ।

पहिलो चरणमा एसियाका २६ देखि ४७ औं वरीयतासम्मका टोलीले खेल्ने छन् ।

यसको अर्थ नेपालले नेपालले पहिलो चरणदेखि नै खेल्नु पर्ने हुन्छ ।

नेपाल फिफाको एसियाली वरीयताको ३६ औं स्थानमा छ । चौथो चरणबाट उत्कृष्ट ११ टोलीले दोस्रो चरण पार गर्नेछन् ।

यी छनोट पार गर्दै गएका नेपालले विश्वकप र एसिया कप खेल्नेछ । यद्यपि, नेपालको स्तर अहिले नै विश्वकप त परै जाओस् एसियन कप खेल्ने हैसियत पनि नभएको

स्वयम् मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बताउने गर्छन् ।

यस्तो छ नयाँ ढाँचा :

भारतसँग नेपालको लज्जास्पद हार