NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

६ लाख घुससहित पर्यटन उपसचिव नेपाल पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई ६ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।

पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको आयोगले जनाएको छ ।

मंगलबार नागपोखरीको एक होटेलबाट पक्राउ परेका उनलाई थप अनुसन्धन गरी मुद्दा दायर गर्ने तयारी भइरहेको अख्तियारले जनाएको छ ।