NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

६ लाख घुससहित पक्राउ परेका उपसचिवको गाडीमा भेटियो थप साढे १६ लाख

काठमाडौं । घुससहित पक्राउ परेका पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप साढे १६ लाख रुपैयाँ बरामद गरेको छ ।

यसअघि ६ लाख घुससहित रंगेहात पक्राउ परेका उनको गाडीबाट थप १६ लाख बरामद गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

यससँगै उपसचिव नेपालको साथबाट साढे २२ लाख बरामद भएको छ ।

अख्तियारको टोलीले उपसचिव नेपाललाई नक्साल नागपोखरीको एक होटलबाट पक्राउ गरेको थियो ।

६ लाख घुससहित पर्यटन उपसचिव नेपाल पक्राउ